+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा

रासस रासस
२०८२ फागुन ३ गते ११:२३

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।

सभापति थापाले भनेका छन्, ‘हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने ‘महाशिवरात्री’ हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको एक महत्वपूर्ण एवं पवित्र पर्व हो ।’

उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको र महाशिवरात्रिलगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेको उल्लेख गरेका छन् ।

महाशिवरात्रिको अवसरमा उनले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?