News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापाले निर्देशन गर्ने तेस्रो फिल्म 'माया भनेको यस्तो होला' फागुन १० गतेबाट छायांकनमा जान लागेको छ।
- फिल्म प्रेमकथामा आधारित छ र लेखक धुब्र लम्सालले मौलिक प्रेमकथा भएको बताए।
- फिल्म हरिनारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्नेछन् र मदनकृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहनेछ।
त्यसो त रेखा थापाको अनेक परिचय छन् । अभिनेत्री, निर्माती, निर्देशक । बेलाबखत उनी राम्रै गाउँछिन् पनि । यद्यपि व्यवसायिक रूपमा होइन ।
उनै रेखा थापा पछिल्लो समय फिल्म निर्देशन गर्दैछिन् । यो उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो । फिल्मको नाम छ, माया भनेको यस्तो होला । तर, यो रेखाको आफ्नै ब्यानरबाट भने निर्माण हुन लागेको होइन।
नामबाटै थाहा हुन्छ, फिल्म प्रेमकथामा आधारित छ । फिल्मका लेखक हुन्– धुब्र लम्साल । उनका अनुसार फिल्म मौलिक प्रेमकथामा बुनिएको छ । हरिनारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्ने फिल्म फागुन १० गतेबाट छायांकनमा जाने बताइएको छ । फिल्ममा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलगायत श्रृष्टि श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराजम पौडेलको मूख्य अभिनय रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4