४ फागुन, इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीले पूरा गर्न नसकिने आश्वासन आफूले कहिल्यै नदिने बताएकी छन् । इटहरीमा सुनसरीका बुद्धिजिवीहरूसँगको छलफलमा उनले ठूलाठूला पूरा नहुने आश्वासन आफूले नदिने बताएकी हुन् ।
‘म ठूलठूला तर पूरा हुन नसक्ने झुटा आश्वासन दिन्नँ तर जे प्रतिबद्धता जनाँउछु त्यो पूरा गरेर देखाँउछु’ उनले भनिन् ।
चौधरीले सुनसरी-३ लाई मुलुककै १० नमुना क्षेत्रमध्ये एक क्षेत्रको रुपमा विकास गर्न आफूसँग स्पष्ट योजना रहेको पनि दाबी गरिन् ।
अघिल्लो चुनावमा काँग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा आफ्ना पहलमा थुप्रै विकासका योजनाहरू निर्वाचन क्षेत्रमा आएको बताइन् ।
उनले घरमै बसेर कमाउन सकिन्छ भनेर ५ हजार युवालाई रोजगारीको व्यवस्था मिलाउन आफूले काम गरिरहेको पनि सुनाइन् । उनले विपन्न परिवारको घर बनाउने कार्यक्रम पनि आफ्नो प्राथमिकतामा रहेको बताइन् ।
प्रतिक्रिया 4