+
+
Shares

कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १५:१८
फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् l

सोमबार लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काउने बताए ।

उपसभापति शर्माले अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन नपाउने उनको भनाइ छ ।

चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्नुपर्ने भन्दै उपसभापति शर्माले स्वस्थ आलोचना स्वभाविक हुने, तर अरूलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने बताए ।

चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य भाषण र घोषणापत्रहरू मार्फत नगर्न उनको आग्रह छ ।

उनले भने, ‘देशको शासनमा जे-जस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौं हामीले । जेनजी विद्रोहको भावना बमोजिमको त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौं । देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ । जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?