+
+
Shares

विश्वप्रकाशको दाबी- अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न

‘देश जान्दछ, कांग्रेस बदलिएको छ । र, यो पनि देश जान्दछ- जो बदलिनसक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १६:३४

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् । सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने दाबी गरेका हुन् ।

‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी एक/दुई/तीन/चार को नीति संविधानमा अंकित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’

कांग्रेस बदलिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे । ‘देश जान्दछ, कांग्रेस बदलिएको छ । र, यो पनि देश जान्दछ- जो बदलिनसक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने ।

देशको शासनमा गर्नुपर्ने सुधारबारे कांग्रेसले केस्राकेस्रा केलाएको उनले बताए । जेनजी विद्रोहको भावनाबमोजिम सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई कांग्रेसले नै सम्भव बनाउने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?