५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’
प्रसाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । त्यसपछि राप्रपाका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रसार्इंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4