News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डले आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ।
- न्युजिल्यान्डले क्यानडालाई ८ विकेटले हराउँदै १७४ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्यो।
- ग्लेन फिलिप्सले ७६ र रचिन रविन्द्रले ५९ रन बनाए, क्यानडाको सम्राले ११० रनको शतक प्रहार गरे।
५ फागुन, मुम्बई । न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा पुगेको छ । मंगलबार चेन्नईमा भएको समूह ‘डी’ अन्तर्गतको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै न्युजिल्यान्ड सुपर ८ मा पुगेको हो ।
क्यानडाले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो । ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र ६ छक्कासहित अविजित ७६ रन बनाए । रचिन रविन्द्रले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५९ रनमा अविजित रहे ।
यसअघि टिम सेफर्ट ६ अनि फिन एलेन २१ रनमा आउट भएपछि ३०-२ को अवस्थामा रहेको न्युजिल्यान्डका लागि फिलिप्स र रविन्द्रले १४६ रनको साझेदारी गरे ।
क्यानडाका लागि डिलोन हेलिगर र साद बिन जफरले १-१ विकेट लिए ।
त्यसअघि क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । युवराज सम्राले कीर्तिमानी शतक बनाएका थिए । उनले ६५ बलमा ११० रनको पारी खेले ।
कप्तान दिलप्रित बजवाले ३६ तथा नवनित धलिवालले १० रन बनाए । बजवा र सम्रा मिलेर पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डका लागि म्याट हेनरी, ज्याकब डफी, काइल जेमिसन र जिमी नीशमले १-१ विकेट लिए ।
समूह ‘डी’ मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंक जोडेर यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको छ । न्युजिल्यान्ड ४ खेलमा ६ अंक जोडेर सुपर ८ मा पुगेको हो ।
यो नतिजाले क्यानडासँगै अफगानिस्तान र यूएई बाहिरिएका छन् ।
प्रतिक्रिया 4