News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोन्डाको विवाह २६ जनवरी २०२६ मा उदयपुरमा पारिवारिक र निकट साथीभाइको उपस्थितिमा हुनेछ।
- विवाह समारोहमा मोबाइल फोन लैजान नपाइने र तस्वीर खिच्ने एजेन्सीसँग 'नन-डिस्कोल्जर एग्रिमेन्ट' गरिएको छ भने पाहुनाको सूची छोटो बनाइएको छ।
- विवाहपछि दुवैले करिब एक महिनाको विश्राम लिने योजना बनाएका छन् र मार्च ४ मा हैदराबादमा रिसेप्शन पार्टी आयोजना गर्ने तयारी छ।
काठमाडौैं । यतिबेला दक्षिण भारतीय कलाकार जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डाको विवाहको तयारी चलिरहेको छ । सोसल मिडियामा विवाहको निम्तो पत्र भाइरल छ ।
२६ जनवरी, २०२६ मा दुईजनाबीच उदयपुरमा परिवार र निकट आफन्त तथा साथीभाइको उपस्थितीमा विवाह हुने भारतीय संचारमाध्यमले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार विवाहलाई निकै प्राइभेट तुल्याउने प्रयास भैरहेको छ ।
विवाह समारोहस्थलमा मोबाइल फोन लैजान नपाइने भएको छ । कुनै पनि पाहुनाले फोन बाहिरै राखेर जानुपर्नेछ । यसबीच यो कुराको पनि चर्चा छ कि, रश्मिकाले कामबाट झन्डै १ महिना विश्राम लिनेछिन् ।
जसको कारण यसअघि चर्चामा आएजस्तो ‘ककटेल २’ मा रश्मिका अभिनेता शाहिद कपुरसँग देखिनेछैनन् । त्यसपछि उनी अमित शर्माको अर्को रोमान्टिक फिल्म पनि गर्ने तयारीमा थिइन् ।
निकट स्रोतलाई उध्दृत गर्दै इन्डिया टूडेले जनाएअनुसार, उदयपुरमा हुने विवाहलाई प्राइभेट तुल्याइने भएको छ । २४ फेब्रुअरीदेखि सुरु हुने विवाह उत्सव २६ सम्म चल्ने जनाइएको छ । अन्तिम दिन सात फेरा लिएपछि विवाह सकिनेछ ।
विवाहमा बोलाइएका पाहुनाको सूची पनि निकै छोटो बनाइएको छ । फोन लैजान अनुमति छैन । यति सम्म कि विवाहको तस्वीर खिच्ने एजेन्सीसँग पनि ‘नन-डिस्कोल्जर एग्रिमेन्ट’ गरिएको छ ।
पाहुनाको सूचीमा फिल्म उद्योगका हस्तीको नाम सामेल छैन । सूचीमा निकट साथीभाइ र परिवार मात्र हुनेछन् । विवाहअघि जोडीले निकै सुझबुझ तरिकाले यो निर्णय लिएको जनाइएको छ ।
अहिले रश्मिका र विजय दुवैजना धेरै फिल्म र पेशागत प्रतिबद्धतामा व्यस्त छन् । त्यसैले समारोहअघि आफ्ना बाँकी काम सकाउने उनीहरूको प्रयास भइरहेको बताइन्छ । यस्तो पनि चर्चा छ कि विवाहपछि विजय र रश्मिका दुवैले करिब एक महिनाको छुट्टी लिने योजना बनाएका छन् ।
यसबीच ‘बलिउड हंगामा’ ले स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि निर्देशक अमित शर्माको रोमान्टिक कमेडी प्रोजेक्टमा रश्मिका मन्दाना रहने छैनन् । भने, अमितले यस प्रोजेक्टका लागि शाहिद कपूरसँग भने कुरा गरिरहेका छन् ।
रश्मिकाले यो प्रोजेक्ट नगर्नुका दुई कारण बताइएका छन् । पहिलो, उनको डेट डायरी पहिले नै व्यस्त छ र उनी विवाहअघि बाँकी काम सकाउन चाहन्छिन् । दोस्रो, उनले हालै शाहिद कपूरसँग अर्को प्रोजेक्ट ‘ककटेल २’ पूरा गरेकी छन् ।
सोमबार सामाजिक सञ्जालमा भाइरल भएको विवाहको कार्डअनुसार यो जोडी उदयपुरमा विवाह सम्पन्न गरेपछि मार्च ४ मा हैदराबादमा साथीहरू र फिल्म उद्योगका सहकर्मीका लागि ठूलो रिसेप्शन पार्टी आयोजना गर्ने तयारीमा छ ।
प्रतिक्रिया 4