News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बाबेले वर्षाका कारण रद्द भएको खेलपछि ५ अंकसहित आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ।
- पूर्वविजेता अस्ट्रेलियाले ३ खेलमा २ अंक मात्र जोडेर प्रतियोगिता बाहिरिएको छ।
- सुपर ८ मा भारत, पाकिस्तान/अमेरिका/नेदरल्यान्ड्समध्ये एक, श्रीलंका, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र न्युजिल्यान्ड पुगेका छन्।
५ फागुन, मुम्बई । जिम्बाबे आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबारका लागि तय भएको जिम्बाबे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि जिम्बाबे अगाडि बढ्दा पूर्वविजेता अस्ट्रेलिया भने बाहिरिएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले स्टेडियममा जिम्बाबे र आइरल्यान्डबीचको खेलमा टस नै हुन सकेन । वर्षा नरोकिएपछि खेल सम्भव भएन र दुवैले अंक बाँडे ।
यस्तोमा जिम्बाबे ३ खेलमा ५ अंक जोड्दै सुपर ८ मा पुगेको हो । अस्ट्रेलियाको ३ खेलमा २ अंक मात्रै छ र अब अधिकतम ४ अंक मात्र पुग्न सक्छ ।
आयरल्यान्ड पनि ४ खेलमा ३ अंक मात्र जोडेर बाहिरिएको छ । ओमान यसअघि नै बाहिरिसकेको छ ।
योसँगै सुपर ८ खेल्ने ७ टोलीको टुंगो लागेको छ । अब समूह ‘ए’ बाट पाकिस्तान, अमेरिका र नेदरल्यान्ड्समध्ये एक टोली सुपर ८ मा पुग्नेछ ।
समूह ‘ए’ बाट भारत यसअघि नै सुपर ८ मा पुगिसकेको छ भने समूह ‘बी’ बाट श्रीलंका, समूह ‘सी’ बाट इंग्ल्यान्ड र वेस्ट इन्डिज अनि समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन् ।
नेपाली टोली पनि समूह चरणबाट बाहिरिसकेको छ र आज अन्तिम खेल खेल्दै छ ।
प्रतिक्रिया 4