+
+
Shares

चुनावबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते ६:२४

६ फागुन, काठमाडौं । चुनावबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दैछ । आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?