+
+
Shares

मधेश कांग्रेसको माइती हो : प्रदेश सभापति यादव

सभापति गगन थापा सर्लाहीमा उम्मेदवार बन्नु मधेशकै लागि अवसर रहेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १५:३१

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले मधेश कांग्रेसको माइती रहेको टिप्पणी गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश सभापति यादवले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेसका लागि मधेश उर्वरा भूमि हो । मधेश नेपाली कांग्रेसको माइती हो, नैहर हो । यो पहिलादेखि मान्दैआएका छौँ,’ यादवले भने, ‘तर, बीचमा हाम्रै नेपाली कांग्रेसका साथीकाबीचमा मतमतान्तर भएपछि अलिकति खस्किदै गएको थियो ।’

मनोनयन दर्ताका दिनदेखि आफूले भुलेबिर्सेकाहरू फ्रन्टलाइनमा आएर पार्टी जिताउन लागेको आफूले पाएको सभापति यादवले बताए ।

आफू मुख्यमन्त्री भएपछि केन्द्रमा आफ्नो सरकार नभए काम गर्न नसकिने आफूले पाएको उनले बताए । ‘यो हामीले ठुलो अवसरका रूपमा लिएका छौँ । हाम्रा आदरणीय सभापति पिछडिएको मधेशलाई विकसित मधेश बनाउन आउनुभएको छ,’ उनले भने । सभापति गगन थापा सर्लाहीमा उम्मेदवार बन्नु मधेशकै लागि अवसर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?