+
+
Shares

नेकपा नेता भन्छन्- देश निरंकुश र विध्वंसकारी अतिवादको चपेटामा छ

‘एकातिर विरोध, आलोचना सुन्नै नसक्ने खालको निरंकुशतावादी अतिवाद, अर्कातिर ध्वंस गर्ने, राष्ट्रिय धरोहर नष्ट गर्ने अतिवाद छ । दुवै अतिवादलाई परास्त गरेर राष्ट्र, राष्ट्रियताका पक्षधरलाई जिताउनुपर्ने अवस्था छ,’ सापकोटाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १९:१३

६ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधव सापकोटाले नेपाली समाज अहिले दुई खाले अतिवादले आक्रान्त रहेको टिप्पणी गरेका छन् । बुधबार सिन्धुपाल्चोकमा आयोजित एक चुनावी समारोहमा बोल्दै नेता सापकोटाले त्यस्ता अतिवादबाट देश जोगाउन नेकपाले जित्न जरुरी रहेको बताएका हुन् ।

‘एउटा अतिवाद जसले आलोचना र विरोध केही सुन्नैसक्दैन् । हुँदाहुँदा बढी विरोध र आलोचना भयो भनेर सामाजिक सञ्जाल बन्द गर्‍यो,’ नेता सापकोटाले भने, ‘त्यसैको विरोधमा स्कुल ड्रेसमा आन्दोलनमा आएका विद्यार्थीमागि गोली चलाएर हत्या गर्‍यो ।’

अर्को अतिवादले सामाजिक सञ्जालमा लेख्ने मात्रै काम गरेर आम जनतालाई भड्काइरहेको उनले बताए । ‘सामाजिक सञ्जालमा विरोध गर्ने मात्रै । जनतासँग नआउने, सरसल्लाह नगर्ने र सामाजिक सञ्जालमार्फत समाजलाई भड्काएर भदौ २४ गते जस्तो विध्वंस मच्चाउने काम गरिरहेको छ ।’ सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतका भवनहरूमा भएको आगजनी त्यही अतिवादको उपज रहेको उनले टिप्पणी गरे ।

‘एकातिर विरोध, आलोचना सुन्नै नसक्ने खालको निरंकुशतावादी अतिवाद, अर्कातिर ध्वंस गर्ने, राष्ट्रिय धरोहर नष्ट गर्ने अतिवाद छ । दुवै अतिवादलाई परास्त गरेर राष्ट्र, राष्ट्रियताका पक्षधरलाई जिताउनुपर्ने अवस्था छ,’ सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?