६ फागुन, काठमाडौं । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० का २७ वर्षीय रामबहादुर मोक्तान र १९ वर्षीय अनिल थिङ रहेका छन् ।
त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ४३८ केजी लागुऔषध गाँजा सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले लु१ च २१५२ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4