+
+
Shares

युरोपमा बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदैछौँ- फ्रान्सेली राष्ट्रपति

संसारभरका सरकार र नियम बनाउने निकायहरू मिलेर इन्टरनेट र सामाजिक सञ्जाललाई सुरक्षित स्थान बनाउन काम गर्नुपर्ने राष्ट्रपति म्याक्रोनले धारणा राखे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते २०:०८

७ फागुन, काठमाडौं । फान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युरोपमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रक्रिया सुरु भएको खुलाएका छन् । भारत मण्डपममा भइरहेको ‘एआई इम्प्याक्ट समिट’ आफ्नो धारणा राख्दै राष्ट्रपति म्याक्रोनले यस्तो बताएका हुन् ।

‘फ्रान्समा हामी बालबालिका र १५ वर्षसम्मका किशोर-किशोरीका लागि सामाजिक सञ्जाल नेटवर्कमा रोक लगाउने प्रक्रिया सुरु गरिरहेका छौँ,’ म्याक्रोनले भने, ‘यसमा धेरै युरोपेली देशहरू हाम्रो साथमा छन्, जस्तै ग्रीस र स्पेन ।’

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उनले ध्यानाकर्षण गराए । उनले भने, ‘मलाई आशा छ प्रधानमन्त्रीज्यू, तपाईँ पनि यस समूहमा सामेल हुनुहुनेछ ।’ भारत पनि बालबालिका र किशोर-किशोरीको सुरक्षाका लागि यस्तो पहलको हिस्सा बन्नु अत्यन्त राम्रो हुने उनले बताए ।

‘हाम्रा जी-७ का काममध्ये एक महत्वपूर्ण काम भनेको बालबालिकालाई एआई र डिजिटल मिडियाको दुरुपयोगबाट जोगाउनु हुनेछ,’ म्याक्रोले भने, ‘हाम्रा बालबालिकाले त्यस्ता कुराहरू सामना गर्नुपर्ने कुनै कारण छैन । जुन वास्तविक संसारमा कानुनी रूपमा निषेधित छन् ।’

संसारभरका सरकार र नियम बनाउने निकायहरू मिलेर इन्टरनेट र सामाजिक सञ्जाललाई सुरक्षित स्थान बनाउन काम गर्नुपर्ने राष्ट्रपति म्याक्रोनले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?