+
+
Shares

घोराहीमा रवि- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्    

रास्वपाले चुनावी सभा गरेको घोराही दाङ क्षेत्र नम्बर-२ मा पर्छ । जहाँ एमालेबाट महासचिव पोखरेल उम्मेदवार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १६:३३

८ फागुन, दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

रास्वपाले चुनावी सभा गरेको घोराही दाङ क्षेत्र नम्बर-२ मा पर्छ । जहाँ एमालेबाट महासचिव पोखरेल उम्मेदवार छन् ।

सभापति लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेका बेला षडयन्त्रपूर्वक संसद्बाट निकालेको टिप्पणी गरे । ‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो,’ उनले भने, ‘हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’

आफूलाई जेल पुर्‍याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने उनले दाबी गरे ।  ‘सुशासनका पक्षमा काम गर्दैगरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु,’ लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?