News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम निर्वाचन आयोग नेपालबाट स्थगित गर्न पत्र आएकाले पुनः स्थगित गरिएको छ।
- निर्वाचन फागुन २७ गतेका लागि तोकिएको थियो र उच्च अदालत पाटनले निर्वाचन सुचारु गर्ने बाटो खुलाइदिएको थियो।
- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएकाले एन्फा संशोधित निर्वाचनका कार्यक्रम स्थगन गर्न पत्र काटेको जनाएको छ।
८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम पुनः स्थगित भएको छ ।
एन्फा निर्वाचन समितिले शुक्रबार सूचना निकाल्दै निर्वाचन आयोग नेपालबाट स्थगित गर्न पत्र आएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
यसअघि अदालतको आदेशले स्थगित भएको एन्फा निर्वाचन उच्च अदालत पाटनले बाटो खुलाइदिएपछि पुनः सुचारु भएको थियो ।
तर, पुनः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएकाले एन्फा संशोधित निर्वाचनका कार्यक्रम स्थगन गर्न पत्र काटेसँगै निर्वाचन पुनः स्थगित भएको हो ।
निर्वाचन फागुन २७ गतेका लागि तोकिएको थियो ।
प्रतिक्रिया 4