+
+
Shares

एस मनी ट्रान्स्फर मार्फत आईएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १८:२५

८ फागुन, काठमाडौं । पोर्चुगलबाट एस मनी ट्रान्स्फर मार्फत आईएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी जितेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई लिमिटेड अध्यक्ष हेमराज ढकालले विजेता लामाका तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी हस्तान्तरण गरे ।

अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आईएमईप्रति ग्राहकले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेश बसेर परिश्रम गरी कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको पनि अध्यक्ष ढकालले बताए ।

सोही अवसरमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेरमात्र धनसम्पत्ति होइन, स्वदेशमा सिप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवा संख्या बढ्दै गएको बताए ।

गत कात्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनी ट्रान्स्फरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनी ट्रान्स्फर मार्फत पैसा पठाउने सेवाग्राही यो लक्की ड्रमा समावेश थिए । यसै योजना अन्तर्गत दुई भाग्यशाली सेवाग्राहीले आइफोन १६ ई पनि प्राप्त गरिसकेका छन् ।

आईएमईले विगतदेखि नै विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न  योजना सञ्चालन तथा साझेदारी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?