+
+
Shares

नयाँ ईभी गाडी किनेपछि नीता : नयाँ यात्राको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २१:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना आगामी फिल्म 'पार्वती' को छायांकन ५ चैतदेखि सुरु हुने बताएकी छन्।
  • नीताले एमजीको नयाँ विद्युतीय गाडी ५० लाख रुपैयाँमा किनेकी छन् र यसलाई परिवारको नयाँ सदस्यको रुपमा भित्राएकी छन्।
  • नीताले 'आज मेरो लागि विशेष दिन' भन्दै नयाँ गाडी खरिदमा नीता फिल्म्स प्रोडक्सनप्रति धन्यवाद दिँदै नयाँ यात्राको सुरुवात भएको बताएकी छन्।

काठमाडौं । निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना आगामी फिल्म ‘पार्वती’ को तयारीमा जुटेकी छन् । यो फिल्म ५ चैतदेखि छायांकन हुँदैछ ।

त्यसअघि नीताले ईभी गाडीलाई परिवारको नयाँ सदस्यको रुपमा भित्राएकी छन् । पछिल्लो समय विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढिरहँदा नीता पनि त्यो सूचीमा सामेल छिन् ।

नीताले शुक्रबार एमजीको नयाँ विद्युतीय गाडी किनेकी छन् । बजार मूल्य ५० लाख रुपैयाँ पर्ने यो गाडी लिएको जानकारी दिँदै नीताले प्रशंसकसँग खुसी बाँडेकी छन् ।

उनी लेख्छिन्, ‘आज मेरो लागि विशेष दिन । एमजीको सानदार गाडी खरिद गर्ने अवसर पाउँदा अत्यन्त खुसी लागेको छ । यस अवसरलाई सम्भव गराउने नीता फिल्म्स प्रोडक्सनप्रति हार्दिक धन्यवाद । नयाँ यात्राको सुरुवात । नयाँ उत्साहका साथ ।’

उनले अभिनेता तथा श्रीमान हरिहर अधिकारलाई मेन्सन गर्दै लाभ हार्ट इमोजीको प्रयोग गरेकी छन् । नीताको यो भने पहिलो ईभी अनुभव चाहिँ होइन । यसअघि पनि उनीसँग दिपालसहितका २ गाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?