+
+
Shares

नयाँका नाममा समाजलाई गलत दिशातिर लाने प्रयास हुँदैछ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १२:४७

९ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्‍याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी यस्तो आरोप लगाएका हुन् । तर, महासचिव पोखरेलले भिडियोमा रास्वपाको नाम भने उच्चारण गरेका छैनन् ।

‘आज मुलुकलाई विध्वंसको बाटोमा लैजान खोज्नेहरू, भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोज्नेहरू, नयाँका नाममा समाजलाई गलत दिशातर्फ डोर्‍याउने कोसिस गरिरहेका छन्,’ उनले भनेका छन् ।

महासचिव पोखरेलले रास्वपाको प्रयास असफल हुन नदिन निर्वाचनमा सहभागी हुनुपर्नेमा पनि जोड दिएका छन् ।

‘यस्तो अवस्थामा हामीले राष्ट्रको सुरक्षा, संविधानको रक्षा, लोकतन्त्रको जीवन्तता र जनतालाई अधिकार सम्पन्न बनाउने उद्देश्यका साथ हामी निर्वाचनमा सहभागी हुनुपर्दछ,’ उनले भनेका छन् ।

पोखरेलले ज्ञापन पत्र बुझ्ने र बुझाउन जाने जनप्रतिनिधि नभएर जनताका माग सम्बोधनका लागि आफैं निर्णयक तहमा पुगेर दाङको विकास र समृद्धिको आगुवाई गर्न सक्ने जनप्रतिनिधिका रूपमा आफूलाई निर्वाचन गराउन पनि आग्रह गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पोखरेलसँग नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य, रास्वपाबाट विपिनकुमार आचार्यसहित २३ उम्मेदवारहरू प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?