+
+
Shares

जेनजी आन्दोलनका घाइते सूचीकरण गर्न सरकारको अन्तिम मौका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार एक सूचना जारी गरी फागुन १५ गतेसम्मका लागि घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते २०:२३

९ फागुन, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई सूचीकरणका लागि अन्तिम मौका दिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार एक सूचना जारी गरी फागुन १५ गतेसम्मका लागि घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको छ ।

स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरण सम्बन्धी कार्य हालसम्म निरन्तर रहेको बताउँदै लामो समय व्यतीत भइसकेकाले अब अन्तिम मौका दिएको जनाएको छ ।

अब यो अवधिभित्र विधिवत प्राप्त हुनआएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?