+
+
Shares

दुर्गा प्रसाईंलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १५:११

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ ।

न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल मगाएको हो ।

त्यही निर्देशनका आधारमा आफूहरुले प्रसाईलाई पक्राउ गरी अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंको दाबी थियो ।

सर्वोच्च अदालतले यसअघि नै दुर्गा प्रसाईले पेश गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोक्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?