+
+
Shares

टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा

टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकर तुलसा अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
  • सातदोबाटो प्रहरी वृत्तमा साउनमै तुलसाविरुद्ध ठगीको उजुरी परेको थियो र अनुसन्धानमा ठूलो रकमको कारोबार भेटिएको छ।
  • उनीविरुद्ध चार करोड रुपैयाँभन्दा बढी ठगीको आरोप छ र अहिले उनी चीनमा रहेको बताइएको छ।

११ फागुन, काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् ।

यी दुई घटनाको प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । प्रतिवादी अधिकारी भने अहिले चीनमा रहेको बताइएको छ । चीनबाटै उने टिकटकमार्फत ब्ल्याकमेलिङ गरेको प्रहरीले बताएको छ ।

उनीविरुद्ध ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?