११ फागुन, काठमाडौं । ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुलसा भनिने तुल्सी अधिकारीलाई भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले एक सूचना जारी गर्दै अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना नफैलाउन भन्दै अनुसन्धान गर्ने निकायमा उपस्थित हुन भनिएको छ ।
आफूमाथि अनुसन्धान भएपछि चीनबाट सामाजिक सञ्जाल टिकटकमार्फत उनले प्रहरीको आलोचना गरेकी छिन् । नेपालमा छँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको तर चीन आएपछि पक्राउ पूर्जी जारी गरेका भन्दै प्रहरीको भूमिकामा उनले प्रश्न उठाएकी छिन् ।
‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुलसाले भनेकी छिन् ।
त्यसपछि प्रहरीले भ्रम नर्छन उनलाई अनुरोध गरेको हो । कुमार चिमोरियाले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।
यसको अहिले पनि अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन् । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
दुई मुद्दामा अनुसन्धान भइरहेको विषयमा अनुसन्धाननलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेष्ण जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ समेत उनलाई प्रहरीले सजग गराएको छ ।
प्रतिक्रिया 4