News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकर तुलसा अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
- सातदोबाटो प्रहरी वृत्तमा साउनमै तुलसाविरुद्ध ठगीको उजुरी परेको थियो र अनुसन्धानमा ठूलो रकमको कारोबार भेटिएको छ।
- उनीविरुद्ध चार करोड रुपैयाँभन्दा बढी ठगीको आरोप छ र अहिले उनी चीनमा रहेको बताइएको छ।
११ फागुन, काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् ।
यी दुई घटनाको प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । प्रतिवादी अधिकारी भने अहिले चीनमा रहेको बताइएको छ । चीनबाटै उने टिकटकमार्फत ब्ल्याकमेलिङ गरेको प्रहरीले बताएको छ ।
उनीविरुद्ध ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप छ ।
प्रतिक्रिया 4