+
+
Shares

‘निर्वाचनका लागि कुनै सुरक्षा चुनौती छैन’

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौति नदेखिएको निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १४:५७

१२ फागुन, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौति नदेखिएको निष्कर्ष निकालेको छ । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चूनौति नदेखिएको निष्कर्ष निकालेको हो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारे ब्रिफिङ गरेका थिए ।

बैठकमा निर्वाचनका लागि आउनसक्ने सुरक्षा चूनौति र त्यसलाई उचित समाधान गर्ने बिषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनका लागि शान्ति सुरक्षा मजबुद रहेको र राजनीतिक दलहरुले आफ्नो शान्तिपूर्ण रुपमा गतिविधि गर्नका लागि मतदाताले निर्भयपूर्वक आफ्नो मतदान गर्नका लागि अनुकुल वातावरण रहेको जानकारी गराएको प्रवक्ता भट्टराईले बताए ।

उहाले केहि स्थानमा भएका घटनामा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सवैतिरको माहोल निर्वाचनमय हुँदै गएको उल्लेख गरे । प्रवक्ता भट्टराईले मतदानका लागि सहज रुपमा घर जान र फर्कनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको र यसबाट मतदानमा सक्रियतापूर्वक सहभागिता हुने विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?