+
+
Shares

जहरसिंह पौवामा भारी असिना पानी (तस्वीरहरू)

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, बागमती र गण्डकीका भित्रि पहाडी क्षेत्रमा मंगलबार दिउँसो चिसो बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:१९

१२ फागुन, काठमाडौं । काठमाडौंको जहरसिंह पौवामा भारी असिना पानी परेको छ ।

मंगलबार दिउँसो यो क्षेत्रमा असिना पानी परेको हो । साँखुबाट थोरै उचाइमा रहेको यो असिना पानी परेसँगै चिसो पनि बढेको छ ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, बागमती र गण्डकीका भित्रि पहाडी क्षेत्रमा मंगलबार दिउँसो चिसो बढेको छ ।

‘माथिल्लो वायुमण्डलमा पनि न्युन चापीय रेखा र प्रतिकूल प्रणालीका कारण आज चिसो छ । विस्तारै यो कम हुँदै जान्छ,’ पोखरेलले भनिन् ।

पहाडी भू–भागमा यसको हल्का प्रभाव देखिएको र विस्तारै कम हुँदै गएको उनले बताइन् ।

यो सँगै काठमाडौंको शहरी क्षेत्रमा पनि आज चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?