+
+
Shares

गुल्मीमा असिना-पानीले हिउँदे बालीमा क्षति

हिउँदे बाली पाक्ने बेला परेको असिना पानीबाट गहुँ, तोरी, तरकारी, फलफूलका बोटमा ठुलो क्षति पुगेको किसानहरूको गुनासो छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १६:०४

२ चैत, गुल्मी । असिना-पानीले गुल्मीका किसानले लगाएको खेतीपातीमा क्षति पुगेको छ । पछिल्ला केही दिनयता हिउँदे वर्षासँगै परेको असिनाले तरकारी, फलफूल तथा विभिन्न नगदे बालीमा असर पारेको छ ।

हिउँदे बाली पाक्ने बेला परेको असिना पानीबाट गहुँ, तोरी, तरकारी, फलफूलका बोटमा ठुलो क्षति पुगेको किसानहरूको गुनासो छ ।

यद्यपि हिउँदे समयमा बाँझो रहन गएको जमिनका लागि भने यस पटकको पानीले राहत पुर्‍याएको छ । बाँझो र सिँचाइ नपुगेको जमिनमा मकै छर्ने बेला परेको पानीले माटोमा पर्याप्त चिस्यान पुगेको किसानहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?