+
+
Shares

आज पनि केही ठाउँमा हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते ६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभावले अधिकांश पहाडी र हिमाली भू–भागमा बादल लागेको छ।
  • मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको बताएको छ।
  • शुक्रबार हावाहुरी र असिना पानीले धेरै ठाउँमा क्षति पुर्‍याएको र आज पनि सचेत रहन सरोकारवालाले आग्रह गरेका छन्।

७ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

तुलनात्मक रुपमा मौसममा केही सुधार आएको छ तर आज पनि देशका केही ठाउँमा चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा घगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आइतबारदेखि भने मौसममा सुधार आउने मौसमविद्हरुले जनाएका छन् । शुक्रबार हावाहुरी र असिना पानीले देशका धेरै ठाउँमा क्षति पुर्‍याएको थियो भने जनजीवन प्रभावित भएको थियो ।

आज पनि केही ठाउँमा चट्याङ, हावाहुरी र असिनापानीको सम्भावना भएकोले सचेत रहन सरोकारवालाले आग्रह गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?