+
जय ट्रफी क्रिकेट :

जय ट्रफीमा पुलिसको पहिलो जित : ललितको ९ विकेट, शंकरको शतक अनि भुर्तेलको अर्धशतक

२०८२ फागुन  १२ गते १७:१० २०८२ फागुन १२ गते १७:१०
जय ट्रफीमा पुलिसको पहिलो जित : ललितको ९ विकेट, शंकरको शतक अनि भुर्तेलको अर्धशतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा एपीएफमाथि ९ विकेटको जित हासिल गरेको छ।
  • पुलिसका ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिएर म्याच विनिङ प्रदर्शन गरे।
  • कुशल भुर्तेलले अविजित ७१ रन बनाएर पुलिसलाई ११३ रनको लक्ष्य पूरा गर्न मद्दत गरे।

१२ फागुन, काठमाडौं । ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले एपीएफमाथि ९ विकेटको जित हासिल गरेको हो । दोस्रो इनिङमा एपीएफले ११२ रनको अग्रता बनाएपछि पुलिसले ११३ रनको लक्ष्य तेस्रो सत्रमा एक विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

कुशल भुर्तेलले अविजित ७१ रन बनाए । अमित श्रेष्ठ ३२ रनमा अविजित रहे । सोहेल कुँवर ७ रनमा आउट भए । एपीएफका लागि भुवन कार्कीले एक विकेट लिए ।

त्यसअघि एपीएफले दोस्रो इनिङमा ९२ रनले पछाडि रहेको अवस्थाबाट अलआउट हुँदै २०४ रन बनाएर ११२ रनको अग्रता बनाएको थियो । एपीएफका लागि दीपक बोहराले सर्वाधिक ९४ रन बनाए ।

अमरसिंह राउटेलाले ३१, आसिफ शेखले २१ अनि इर्शाद अहमदले अविजित २० रन बनाए ।

खेलमा एपीएफले नै टस हारेर पहिले ब्याटिङ गर्दै ६३.४ ओभर खेलेर १८५ रनमा अलआउट भएको थियो । सुमित महर्जनले ५५ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ४५ रन बनाए ।

दीपक बोहराले २८, युवराज खत्रीले १६, आसिफ शेखले १२, सन्दीप जोराले १० रन बनाए ।

पुलिसका ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए ।

जवाफमा पुलिसले ६९.५ ओभरमा २७७ रन बनाएर इनिङ घोषणा गर्दै ९२ रनको अग्रता बनाएको थियो । पुलिसका लागि पहिलो इनिङमा शंकर रानाले अविजित शतक बनाएका थिए । उनी १०५ रनमा नटआउट रहे ।

पहिलो जित निकालेको पुलिसले फाइनल सम्भावना कायमै राखेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

जय ट्रफी क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय