+
+
Shares

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष भएको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:३४

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताएकी छन् ।

मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष भएको बताइन् ।

उनले नेपालमा सामाजिक संघ, संस्थाहरूले विपद्मा खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।

जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।

उनले भनिन्, ‘राज्यको नीति अंगिकार गरी सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो । सरकारी संघ संस्थाहरूले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास र वातावरण संरक्षण जस्ता विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । विशेष गरी विपदमा समयमा राहत, उद्धार र पुनस्र्थापनामा खेलेको भूमिका प्रशंसनीय छ ।’

प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्‍याउने अपेक्षा समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?