+
+
Shares
मौद्रिक नीति अर्धवार्षिक समीक्षा :

महेन्द्र राजमार्ग र मध्यपहाडी विस्तारले विस्थापित उद्यमी कर्जामा पुनर्तालिकीकरण सहजता

बैंक तथा वित्तीय संस्थाले गर्ने ‘ननडेलिभरेबल फर्वार्ड’ मा कायम प्राथमिक पूँजीको २५ प्रतिशत सीमा वृद्धि गरी ३० प्रतिशत कायम गरिने समेत केन्द्रीय बैंकले उल्लेख गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यममा प्रवाहित कर्जा पुनर्संरचना/पुनर्तालिकीकरणमा सहजीकरण गरेको छ।
  • मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षा अनुसार बैंक तथा वित्तीय संस्थाले पुनर्संरचना कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म व्यवस्था मिलाउनेछ।
  • विदेशी लगानी सहजीकरणका लागि डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब र एआई पूर्वाधारमा प्रोत्साहन गरिने र कालोसूची व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ।

१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम–व्यवसायमा प्रवाहित कर्जा पुनर्संरचना/पुनर्तालिकीकरणमा सहजीकरण गरेको छ ।

मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले उक्त व्यवसायमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने बताएको छ ।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले गर्ने ‘ननडेलिभरेबल फर्वार्ड’ मा कायम प्राथमिक पूँजीको २५ प्रतिशत सीमा वृद्धि गरी ३० प्रतिशत कायम गरिने समेत केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब र एआई लगायत पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरणको नीति ल्याएको छ ।

त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थामा हुने सहजीकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिने भएको छ । विद्युतीय भुक्तानी कारोबार थप प्रोत्साहन गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने समेत अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

त्यस्तै केन्द्रीय बैंकले कालोसूचीबाट हटाइ बक्यौता असुल गर्ने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने विषय समेत दोहोर्‍याएको छ ।

परिस्थितिजन्य कारण तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा नराख्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेस गरे बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाइ बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नेसमेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?