News Summary
Generated by OK AI. Editorially reviewed.- मोडल तथा कलाकार नम्रता सापकोटाले बुधबार हल्दी उत्सव मनाउँदै गरेको फोटो इन्स्टाग्राममा सेयर गरेकी छन्।
- नम्रताले आफ्नो हल्दी उत्सवलाई 'आधिकारिकरुपमा हल्दीमा रंगिएको छु' भन्दै क्याप्सन लेखेकी छन्।
- स्वस्तिमा खड्का, बेनिशा हमाल लगायतका कलाकारले नम्रतालाई वैवाहिक जीवनको बधाइ दिएका छन्।
काठमाडौं । बुधबार बेलुका मोडल तथा कलाकार नम्रता सापकोटाले हल्दी उत्सव मनाउँदै गर्दाको फाटो सेयर गर्दै लेखिन्, ‘आधिकारिकरुपमा हल्दीमा रंगिएको छु ।’
फोटोमा नम्रतालाई पहेँलो रङको कुर्था र हातमा मेहेन्दी लगाएको देख्न सकिन्छ । छेउमा अर्का एक युवक छन् । ती युवकको हातमा नम्रताले मेहेन्दी लगाइदिँदै छिन् ।
यो फोटो र क्याप्सन हेर्दा, नम्रताले प्रि-वेडिङ उत्सव मनाइरहेको बुझ्न सकिन्छ । यद्यपि, उनले यो फोटो र क्याप्सनसहित प्रशंसकलाई अन्योलमा राख्दै सरप्राइज दिएकी छन् ।
नम्रताको इन्स्टाग्राम पोस्टमा स्वस्तिमा खड्का, बेनिशा हमाल, सुपुष्पा भट्ट, एलिजा गौतमसहितका कलाकार र उनी नजिकका ओशोमार्गीले पनि वैवाहिक जीवनको बधाइ दिइरहेका छन् ।
केही दिनअघि देखि नै नम्रताले पोस्ट गरेका फोटो र भिडियोमा उनले ब्राइडल सेलिब्रेसन गरेको देख्न सकिन्छ । ब्राइडल लेखिएको केक काटेको देखि साथीहरूसँग रमाइलो गरेको देखिन्छ ।
नम्रता विहिबार वैवाहिक जीवनमा बाँधिन लागेको चर्चा पनि छ । उक्त फोटोबाहेक विस्तृत विवरण आइसकेको छैन ।
प्रतिक्रिया 4