+
+
Shares

जाँचबुझ आयोगको समय पटकपटक सार्नु गलत हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १६:१९

१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु गलत भएको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने उनको भनाइ छ ।

‘आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सार्‍यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्‍यो कि भन्न सकिने कुरा हो ।’

प्रचण्डले थप भनेका छन्, ‘तर तीनपटक र अझ अब चुनावपछि भन्ने कुरा गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गर्ने र समय सारेर चुनावपछि गर्ने कुरा विल्कुल सही भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?