+
+
Shares

ओलीले भने– फागुन २१ गते अगाडि रास्वपाकै सरकार छ, त्यसपछि हुन्न

‘बालेनले ३० हजारले जित्ने कुरा सपना मात्रै, २०/२५ हजार मतान्तरले मै जित्छु’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १९:२५

१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार भन्ने आशयको टिप्पणी गरेका छन् । बिहीबार झापा-५ मा हिमालय टेलिभिजनसँग कुराकानी गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

चुनावी कार्यक्रमकै दौरानमा पत्रकारले ओलीसँग ‘रास्वपाले त दुई तिहाइको सरकार बनाउने भन्दैछ नि ?’ भनेर सोध्दा ओलीले भनेका छन्, ‘होइन, २१ गते अघि त रास्वपाको मात्रै सरकार छ नि ! उसैको मात्र सरकार छ । सिंगै छ नि !’

तर, फागुन २१ गतेपछि भने रास्वपाको सरकार नबन्ने उनले दाबी गरे । ‘२१ गतेपछि रहन्न । बङ्गलादेश देख्नुभएन,’ ओलीले भने ।

यस्तै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ३० हजार मतान्तरले हराउने दाबी गरेको विषयमा पनि ओलीले प्रतिक्रिया दिएका छन् ।

‘देख्या हो भने सपना हो, नदेख्या भए कविता हो । त्यो कुरा गलत हो,’ ओलीले भने । आफू झापा–५ मा २०/२५ हजार मतान्तरले जित्ने उनले बताए ।

आफूविरुद्ध लड्ने एक जना बालेन मात्र नयाँ नभई बाँकी सबै उम्मेदवार नयाँ नै रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?