+
+
Shares

सिकेको प्रतिबद्धता पत्र : गुन्डाराज समाप्त पार्छु, स्पेस र एआईको हब बनाउँछु

स्कुल अफ एआई एन्ड रोबोटिक्स योजना कार्यान्वयन गरी मधेसलाई स्पेस तथा एआईको हबका रूपमा परिचित गराइने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८२ फागुन १४ गते २०:१२

१४ फागुन, सप्तरी । जनमत पार्टी नेपालका अध्यक्ष डा. सिके राउतले सप्तरीमा जंगली तथा गुन्डाराज अन्त्य गरी शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सप्तरी-२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले बिहीबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सो कुरा उल्लेख छ ।

राउतको प्रतिबद्धता पत्रमा मूल कुरा नै सप्तरीमा विगत दशकमा जंगली तथा गुन्डाराज रहेको भन्दै त्यसलाई समाप्त पारेर सबै समुदायका जनताले शान्तिपूर्वक ढंगले बस्न पाउने वातावरण निर्माण गरिने उल्लेख छ ।

यस्तै शिक्षा, स्वास्थ्य र स्पेस तथा एआईको हब बनाउने विषय पनि अध्यक्ष राउतको प्रतिबद्धता पत्रमा उल्लेख छ । १२ बुँदे प्रतिबद्धता पत्रमा उनले शान्ति तथा सुव्यवस्था, जनता–राज, जनताका समस्या समाधान, अधूरा योजना पूरा गर्ने, रोजगारी, औद्योगीकरण, कृषि, पर्यटन, युवा, महिला तथा खेलकुद, पर्यावरण र जंगलराजबाट स्पेस र एआईको युगमा फड्को मार्नेलगायतका प्रतिबद्धता उल्लेख गरेका छन् ।

यस्तै सदरमुकाम राजविराज बजार क्षेत्रको बिटौरी जग्गासम्बन्धी समस्याको समाधान, हटियाको भवन र गिलेसनका डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याइने राउतले प्रतिबद्धता जनाएका छन् ।

यस्तै बसपार्क र गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ भवन, राम राजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढाउने पनि अध्यक्ष राउतको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यस्तै राजविराज–१० मा रहेको मधेश स्पेस सेन्टरको प्रारम्भिक भौतिक संरचना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई सञ्चालन गरेर मोनिटरिङ सिस्टमका रूपमा प्रयोग गरिने अध्यक्ष राउतको प्रतिबद्धता छ ।

यस्तै स्कुल अफ एआई एन्ड रोबोटिक्स योजना कार्यान्वयन गरी मधेसलाई स्पेस तथा एआईको हबका रूपमा परिचित गराइने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

यस्ताे छ सिके राउतकाे प्रतिबद्धता पत्र 

May be an image of map and text

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?