१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ । कांग्रेसले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभा गर्न लागेको हो ।
तीवटै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् । पार्टीका अनुसार बिहान ११ बजे रूपन्देहीको बुटवलमा सभा हुनेछ ।
यस्तै दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ । ती चुनावी सभाहरूमा अन्य दलका नेता–कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम पनि रहेको कांग्रेसले बताएको छ ।
यसअघि बिहीबार सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सुर्खेतको सभामा उपसभापति पुष्पा भुसाल पनि उपस्थित थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4