+
+
Shares

‘मीतज्यू’ को पहिलो झलकले फिल्मबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म \'मीतज्यू\' को पहिलो झलक १५ जेठदेखि प्रदर्शन तयारीमा रहेको छ र पोस्टरले कथावस्तु, सेटिङ र चरित्र चित्रण देखाउँछ।
  • पोस्टरमा दयाहाङ राई र सौगात मल्ल पञ्जा जुधाइरहेका छन् भने तेरिया मगर निराश भावमा जिपमाथि बसेकी छिन्।
  • अनिल बुढा मगर निर्देशित फिल्ममा तेरिया मगरले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् र जनक घर्तीमगर लगानीकर्ता हुन्।

काठमाडौं । १५ जेठदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मीतज्यू’ को पहिलो झलक सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक आधिकारिक पोस्टरले फिल्मको कथावस्तु, सेटिङ, चरित्र चित्रण र मुड दर्शाउँछ ।

पोस्टरमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरलाई देख्न सकिन्छ । ग्रामीण भेगमा जीप चलाउने चालकको कथावस्तु समेटिएको फिल्मले सामाजिक प्रभाव र सम्बन्धको आयामलाई दर्शाउँछ ।

पोस्टरमा जिपको अगाडि दुई पुरुष पात्र दयाहाङ र सौगात पञ्जा जुधाइरहेको देख्न सकिन्छ । जिपमाथि मगर पहिरन लगाएर तेरिया निराश भावमा बसेकी छिन् ।

यो अर्थपूर्ण पोस्टरलाई टिजर पनि भन्न सकिन्छ जसले कथावस्तु र द्वन्द्वलाई दर्शाउँछ । जसले पञ्जा लडाइँ जित्छ, उसले नायिकालाई आफ्नो बनाउने भन्ने भाव यहाँ बुझ्न सकिन्छ ।

अनिल बुढा मगर निर्देशित फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का लगायतको अभिनय छ ।

यसै फिल्मबाट मगरले अभिनेत्रीको रुपमा डेब्यू गरेका हुन् । जनक घर्तीमगर लगानीकर्ता हुन् । जीएम मूभिज प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?