काठमाडौं । भारत दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सफाइ पाएको छ ।
दिल्लीको राउज एभिन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा केजरीवाललाई सबै आरोपबाट मुक्त गरेको हो ।
यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि आरोपबाट मुक्त गरेको छ ।
केन्द्रीय अनुसन्धान एजेन्सी सीबीआईले दायर गरेको मुद्दामा अदालतको यस्तो फैसला आएको हो ।
लाइभ लका अनुसार, अदालतले आफ्नो फैसलामा सीबीआई अनुसन्धानमा रहेका कमजोरीहरूको बारेमा कडा टिप्पणी पनि गरेको छ । अदालतले हजारौं पृष्ठको आरोपपत्रमा त्यस्ता सामग्रीहरू रहेको बताएको छ जसले कुनै पनि साक्षीको बयानलाई समर्थन गर्दैन ।
विशेष न्यायाधीश जितेन्द्र सिंहले आरोपपत्रमा भ्रामक दाबीहरू गरिएको बताए ।
सीबीआईले सिसोदिया विरुद्ध पहिलो नजरमा मुद्दा बनाउन असफल भएको अदालतले भनेको छ । यसबाहेक, न्यायाधीशले केजरीवाललाई कुनै ठोस प्रमाण बिना नै मुद्दामा फसाइएको बताएका छन् ।
राउज एभिन्यू अदालतले दुई नेताहरू सहित मुद्दाका सबै २३ अभियुक्तहरूलाई सफाइ दिएको छ ।
प्रतिक्रिया 4