१५ फागुन, काठमाडौं । शान्ति स्थापनार्थ लेबननमा खटिएको नेपाली सेनाको टोली अदलाबदली गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा लेबननमा शान्ति स्थापनाका लागि लामो समयदेखि नेपाली सेना सक्रिय रहँदै आएको छ ।
जसअन्तर्गत पछिल्लो समय नेपाली सेनाको सबुज गणका २२४ जना लेबननमा कार्यरत थिए । सो समूह नेपाली सेनाको ६६ औँ डफ्फा थियो । सो समूह शुक्रबारै लेबननबाट फर्किएको छ ।
सो टोलीलाई प्रतिस्थापन गर्न नेपाली सेनाले ६७ औँ डफ्फाका रूपमा बिष्णुदल गणका २२४ जनालाई पठाएको छ । यो टोली पनि शुक्रबारै लेबनन प्रस्थान भएको छ ।
लेबनन मिसनमा मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जङ्गी अड्डाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4