१६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध) प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गरेका छन् ।
‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,’ ओलीले फेसबुकमा लेखेका छन् । युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन उनले आह्वान गरेका छन् ।
‘त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु,’ ओलीले लेखेका छन् ।
शनिबार बिहानै इजरायल र अमेरिकाले इरानमाथि हमला गरेका छन् । त्यसपछि इरानले खाडीका अन्य देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलक्षित हमला गरेको थियो । जसले मध्यपूर्वमा ठुलो युद्धको खतरा बढेको छ ।
नेपाल सरकारका तर्फबाट खाडी मुलुकको यात्रा नगर्न ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।
प्रतिक्रिया 4