१७ फागुन, काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमण खेपिरहेको इरानले चर्को टिप्पणी गर्दै ‘मूल्य चुकाउन बाध्य पार्ने’ चेतावनी दिएको छ ।
शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका र इजरायलबाट दमनकारी विभेद भएको भन्दै मूल्य चुकाउन बाध्य पार्ने चेतावनी दिएकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार, इरानको महान राष्ट्रले दमनकारीहरूलाई अविस्मरणीय पाठ दिने बताएकी हुन् ।
‘बहादुर सिपाहीहरू र इरानको महान राष्ट्रले अन्तर्राष्ट्रिय दमनकारीलाई अविस्मरणीय पाठ दिनेछन्,’ उनले भनेकी छिन् ।
यसैबीच सर्वोच्च नेता अलि खामेन मारिएको खबर बाहिरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खामेन मारिएको खबर बाहिरिए पनि इरानले भने यसलाई अस्वीकार गरेको छ ।
दुई तर्फबाटै वार्तातर्फ भन्दा पनि प्रतिआक्रमणमा उत्रिएसँगै तत्काल युद्धविराम हुन नसक्ने विश्लेषकहरूले बताएका छन् ।
रोयटर्स र इजरायली सञ्चारमाध्यमहरूले “वरिष्ठ” इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीको हत्या भएको रिपोर्ट सार्वजनिक गरेका छन् । यद्यपि स्वतन्त्र पुष्टि भने भएको छैन ।
सञ्चारमाध्यमहरूका अनुसार सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले खामेनीको मृत्युबारे आएका समाचारलाई ‘मानसिक युद्ध’ को हिस्सा भएको आरोप लगाएका छन्।
घटनाक्रमबारे परस्परविरोधी दाबीहरू आइरहेकाले परिस्थिति अझै स्पष्ट भइसकेको भने छैन ।
प्रतिक्रिया 4