+
+
Shares

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखेका छन्, ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते ७:२५

१७ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन् ।

ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीको भनाइ छ ।

अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरुप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो । त्यसबाट कतार, बहराइन, युएई, कुवेत, इजरायल लगायतका देशहरुमा त्रासको वातावरण सिर्जना भएको थियो ।

सोही घटनालाई लिएर एमाले अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘मध्यपूर्वी देशहरु माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली अपत र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’

उनले थप लेखेका छन्, ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु । यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ ।’ उनले विवेक, धैर्य र साहसको कामना समेत गरेका छन् ।

मध्यपूर्वका मुलुकहरु भूराजनीतिक चेपटामा परेको भन्दै ओलीले लेखेका छन्, ‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’

उनले सौभाग्यबस नेपालमा मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गरेका छन् । र भनेका छन्, ‘मेरो प्रार्थना छ– कुनै पनि आवरणमा त्यो आउन नसकोस् ।’

उनले युएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन् । साथै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?