+

इटालियन सिरी ए : इन्टरलाई १३ अंकको अग्रता

२०८२ फागुन  १७ गते १०:५२ २०८२ फागुन १७ गते १०:५२
इटालियन सिरी ए : इन्टरलाई १३ अंकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर मिलानले घरेलु मैदानमा जेनोअलाई २-० ले पराजित गर्दै इटालियन सिरी ए मा शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ।
  • फेडेरिको डिमार्कोले ३१औं मिनेटमा र हाकन कालहानोग्लुले ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
  • इन्टरले २७ खेलबाट ६७ अंक जोडेको छ भने एसी मिलान ५४ अंकसहित दोस्रो स्थानमा छ।

१७ फागुन, काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए मा जेनोअलाई पराजित गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ ।

गएराती घरेलु मैदानमा भएको खेलमा इन्टरले जेनोअलाई २-० ले पराजित गरेको हो ।

इन्टरका लागि फेडेरिको डिमार्कोले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । हाकन कालहानोग्लुले ७०औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

जितपछि इन्टरले २७ खेलबाट ६७ अंक जोडेको छ । एक खेल कम खेलेको इन्टरको छिमेकी एसी मिलान ५४ अंकसहित दोस्रो स्थानमा छ ।

जेनोअ २७ खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।

इटालियन सिरी ए इन्टर मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय