+
+
Shares

स्याउको भाउ घट्यो, एभोकाडो बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार झोले स्याउको भाउ प्रतिकिलो अधिकतम २५० रुपैयाँ र औसत २१६ रुपैयाँ कायम छ।
  • फुजी स्याउको भाउ स्थिर रहेर थोकमा प्रतिकिलो अधिकतम ३०० रुपैयाँ र औसत २७५ रुपैयाँ कायम छ।
  • एभोकाडोको भाउ आइतबार औसतमा ३५० रुपैयाँ पुगेको छ, जुन शनिबारको तुलनामा २५ रुपैयाँले बढेको हो।

१७ फागुन, काठमाडौं । बजारमा स्याउको भाउ घट्दा एभोकाडो बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी फलफूलको भाउमा उतारचढाव देखाएको हो ।

हिजो शनिबारको तुलनामा आइतबार झोले स्याउको भाउ घटेको छ । आइतबार झोले स्याउको भाउ प्रतिकिलो थोकमा अधिकतम २ सय ५० रुपैयाँ छ । औसतमा भने २ सय १६ रुपैयाँ कायम छ । हिजो शनिबार प्रतिकिलो अधिकतम २ सय ५० रुपैयाँ तथा औसतमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

फुजी स्याउको भाउ स्थिर छ ।  थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ तथा औसतमा भने २ सय ७५ रुपैयाँ कायम छ ।

आइतबार एभोकाडोको भाउ बढेको छ । आज एभोकाडो प्रतिकिलो थोकमा न्यूनतम ३ सयदेखि अधिकतम ४ सय र औसत ३ सय ५० रुपैयाँ कायम छ ।

हिजो शनिबार थोकमा औसत ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । शनिबारको तुलनामा एकभोकाडोको भाउ औसतमा २५ रुपैयाँ बढेको हो । माघ दोस्रो साता भने एभोकाडो प्रतिकिलो थोकमा २ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?