१७ फागुन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर २ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई पार्टीले समर्थन गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन् ।
राप्रपा रूपन्देही-२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले क्षेत्रले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति सार्वजनिक गरेपछि जिल्ला अध्यक्ष राणाले पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेका हुन्।
पार्टीसँग छलफल र सहमति बिना निकालिएको विज्ञप्तिको कुनै अर्थ नरहेको राणाले बताए ।
केन्द्रदेखि जिल्लासम्म कुनै पनि दलसँग मिलेर जाने भन्ने कुरा नरहेकोले राप्रपाले कसैलाई पनि समर्थन नगरेको उनले बताए ।
‘कुनै व्यक्तिले पैसा लिएर चलखेल गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन,’ राणाले भने ।
क्षेत्रीय अध्यक्षको बिज्ञप्तिप्रती जिल्ला अध्यक्ष राणाले खेद प्रकट गर्दै चुनावको मुखमा मतदाता प्रभावित पार्ने गरी आएको विज्ञप्ति बाट विचलित नहुन पार्टीका कार्यकर्तालाई आग्रह गरिएकोछ ।
प्रतिक्रिया 4