फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।
- प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ र उनी भक्तपुरस्थित निवासबाट आइतबार पक्राउ परेका थिए।
- सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको थियो र उनी ४ फागुनमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए।
१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।
उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4