+

पुनरागमन जितसहित म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो

२०८२ फागुन  १७ गते २३:४४ २०८२ फागुन १७ गते २३:४४
पुनरागमन जितसहित म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर युनाइटेडले १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
  • ब्रुनो फर्नान्डेसले ५७औं मिनेटमा पेनाल्टी गोल गरेपछि बेन्जामिन सेस्कोले ६५औं मिनेटमा हेडर गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।
  • नयाँ प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा युनाइटेडले पछिल्ला ७ मध्ये ६ खेल जितेको र १ बराबरी खेलेको छ।

१७ फागुन, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा अग्रता भने पाहुना टोलीले चौथो मिनेटमै लिएको थियो । म्याक्सेन्स लाक्रोइक्सले सुरुआती गोल गर्दै प्यालेसलाई १–० ले अघि बढाएका थिए ।

दोस्रो हाफमा निर्णायक मोड आयो । लाक्रोइक्सले म्याथियस कुन्हामाथि फल गरेपछि रेफ्रीले भीएआरको सहयोगमा पेनाल्टी दिए र लाक्रोइक्सलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए ।

५७औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि ६५औं मिनेटमा बेन्जामिन सेस्कोले फर्नान्डेसकै क्रसमा हेडर गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि थप गोल नभएपछि युनाइटेडले पुनरागमन जित हात पार्‍यो । यस जितसँगै युनाइटेड २८ खेलमा ५१ अंक जोडेर गोलअन्तरका आधारमा तेस्रो स्थानमा पुगेको छ ।

समान अंक भएपनि एस्टन भिल्ला गोलअन्तरमा पछाडि रहेर चौथोमा झरेको छ ।

नयाँ प्रशिक्षक माइकल क्यारिकको आगमनपछि अपराजित रहेको युनाइटेडले पछिल्ला ७ मध्ये ६ खेल जित्दा १ बराबरी खेलेको छ ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय