१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् ।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले भनेकी छन्, ‘ आउनुहोस्, होलीको खुसी साटौं । फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण,स्वच्छ र ऐतिहासिक बनाऔं ।’
आफू निर्वाचन गराउन आएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु ।’
निर्वाचनपछि निर्वाचित सरकारले देशको नेतृत्व गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरें। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4