१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इरान–अमेरिका युद्धका कारण सुरक्षा चिन्तामा रहेका नेपालीको साथमा सरकार रहेको बताएकी छन् ।
नेपाली जहाँ रहे पनि उनीहरूको सुरक्षाप्रति सरकार कटिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।’
खाडी देशहरूमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको कार्कीले बताइन् ।
अमेरिका र इजरायलले इरान गरेको हमलापछि त्यस क्षेत्रमा युद्धको संकट गहिरिएको र त्यसले सरकारलाई चिन्तित बनाएको उल्लेख गरिन् ।
सरकारले विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताएकी छन् ।
इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी लगायतको मृत्यु भइसकेको छ । आक्रमणपछि क्षेत्रीय तनाव बढेको छ ।
प्रतिक्रिया 4