१८ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पामा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुक बहादुर खड्काले दुवै पार्टीका कार्यकर्ताहरु प्रचारप्रसारको क्रममा बाटोमा भेट हुँदा विवाद उत्पन्न भएको बताए ।
उनले घटनाको विषयमा बुझ्नको लागि प्रहरीटोली खटाइएको समेत जानकारी दिए ।
सोमबार दिउँसो २ बजे तिर नेकपा एमालेका प्रचारप्रसार टोलीले स्थानीय नेतासँग चुनावी वार्ता भइरहेकै बेला नेकपाका नेता–कार्यकर्ता जम्मा भै ढुंगामुढा गरेपछि विवाद उत्पन्न भएको प्रलोपाका उम्मेदवार विकास बुढाले जानकारी दिए ।
उता साल्दाङस्थित सुरक्षा निकायले भने विवादपछि केही समय तनावको अवस्था सिर्जना भए पनि हाल स्थिति सामान्य रहेको जनाएको छ ।
सुरक्षाकर्मीका अनुसार झडपपछि एमालेका नेता तथा कार्यकर्ता सोही पालिकाको राप गाउँ हुँदै डोल्पो बुद्ध गाउँपालिकाको धो उपत्यकातर्फ फर्किएका छन् ।
प्रतिक्रिया 4